हेटौंडा, माघ २ । शिक्षा, स्वास्थ्य र खेलकुद पहिलाे प्राथमिकता भन्ने उदेश्यका साथ तेस्राे वडास्तरीय खेलकुद महाेत्सव-२०८२ अन्तरगत छात्र भलिवल प्रतियाेगिता शुरू भएकाे छ । हेटाैंडा उपमहागरपालिकाकी मेयर मीनाकुमारी लामाले शुक्रबार उद्घाटन गर्नुभएकाे प्रतियाेगिता आधुनिक राष्ट्रिय माविकाे परिसरमा भईरहेकाे छ ।
हेटाैँडा उपमहानगरपालिका ४ नं. वडाकाे आयाेजना, शैक्षिक गुणस्तर सुधार समिति, हेटाैँडा-४ काे संयाेजन र आधुनिक राष्ट्रिय मावि, हेटाैँडा-४ काे व्यवस्थापनमा भएकाे प्रतियाेगितामा नगरभित्रका १४ वटा विध्यालयकाे टिम सहभागी रहेकाे प्रतियाेगिता संयाेजक राजाराम पाेखरेलले जानकारी दिनुभयाे ।
माघ २ र ३ गते हुने भलिवल प्रतियाेगिताकाे उद्घाटन समाराेहमा ४ नं. वडा अध्यक्षकाे विशेष आथित्यतामा भएकाे कार्यक्रममा ११ नं. वडा अध्यक्ष जुना दाहाल, आधुनिक राष्ट्रिय माविका प्रअ रामसागर गुरागाईँ, श्रमिक माविका प्रअ श्रीराम दाहाल, शिक्षक कृष्णगाेपाल श्रेष्ठकाे उपस्थिति र आधुनिक राष्ट्रिय माविका व्यवस्थापन समितिका अध्यक्ष समीम महाेमदकाे अध्यक्षतामा भएकाे हाे ।