हेटौंडा–रोटरी क्लब अफ हेटौंडाले बाल दिवशका अवसरमा विद्यार्थीलाई शैक्षिक सामग्री सहयोग प्रदान गरेको छ । बालदिवसको अवसरमा आईतबार हेटौंडा–४ स्थित श्रमिक माविका कक्षा १ का विद्यार्थीहरुलाई सहयोग गरेको हो ।
दिवशका अवसरमा क्लबले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत श्रमिक माविका कक्षा १ अध्ययनरत छात्र÷छात्राहरुलाइ कलम कापी, ब्याग लगायत शैक्षिक सामाग्री वितरण गरेको हो । कार्यक्रममा रोटरी क्लब अफ हेटौंडाका अध्यक्ष ईन्द्र नेपाल, कार्यक्रम संयोजक किशोर पराजुली, विद्यालयका प्रधानाध्यापक चतुर्भभुज उपाध्याय, रोट्रयाक्टहरु शिरोमणि प्याकुरेल, रामप्रसाद शर्मा, विजय कुमार बैधलगायतको उपस्थिति रहेको रोटरी क्लब अफ हेटौंडाका सचिव प्रमेश प्रधानले जानकारी दिनुभएको छ ।