चितवन – नेकपा एमालेको १०औँ महाधिवेशनमा नेतृत्व चयनका लागि भएको निर्वाचनको मतगणना जारी छ । नेकपा एमालेको अध्यक्षमा केपी शर्मा ओलीले भारी मतअन्तरले अग्रता लिएका छन् ।
ताजा मतपरिणाम अनुसार अध्यक्षमा ओलीले ५३४ मत प्राप्त गरेका छन् भने भीम रावलले ६० मत पाएका छन् । अध्यक्षमा ओली र रावलको प्रतिस्पर्धा छ ।
चितवनको सौराहामा भएको मतदानमा २ हजार १ सय ५३ जना महाधिवेशन प्रतिनिधिमध्ये २ हजार ७९ जनाले मत हालेका छन् । अहिले मत गणना जारी छ ।विद्युतीय मेसिनबाट मतदान गरिएकाले परिणाम चाँडै आउने बताइएको छ ।