काठमाडौँ – नेपाली कांग्रेसले कोभिड १९ महामारीका सन्दर्भमा सभापति शेरबहादुर देउवाको नेतृत्वमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएको छ । आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई १५ बुंदे ध्यानआकर्षण पत्र बुझाउदै सभापति शेरबहादुर देउवाले यस्तो आग्रह गर्नुभएको हो । देउवाले अविलम्ब सबै नागरिकलाई खोपको प्रवन्ध गर्नधेरै भन्दा धेरै नमुना परिक्षण गर्न,बिरामीका लागि अक्सिजन र अन्य औषधीको प्रवन्ध गर्न माग गर्नुभएको छ ।