मकवानपुर– मकवानपुरमा गत एक वर्षमा ६३ वटा मानव अधिकार उलङ्घनका घटना भएको ईन्सेक मकवानपुरले जनाएको छ । गत जनवरीदेखि डिसेम्बरसम्म एक वर्षको अवधिमा जिल्लामा ६३ वटा मानवअधिकार उलङ्घन र ज्यादतीका घटना भएको इन्सेक मकवानपुरका जिल्ला प्रतिनिधि पुष्पराज अधिकारीलले जानकारी दिनुभयो ।
अधिकारीका अनुसार जिल्लामा एक वर्षको अवधिमा ५० जना महिला, १२ परुष र १ जना अन्य गरी ६३ जना घटना भएका छन् । जसमा १९ जना बालिका पीडित भएका मध्ये १२ जना बालिका बलात्कार, ६ जना यौन दूव्र्यवहार र १ जना नवजात शिशुको हत्या भएको उहाँले जानकारी दिनुभयो ।
इन्सेक मकवानपुरका अनुसार एक वर्षको अवधिमा जिल्ला अदालत मकवानपुरमा दर्ता भएका मुद्दा मध्ये ५ वटाको मात्रै फैसला भएको छ । गत वर्ष मकवानपुरमा मानवअधिकार उलङ्घनका तथा ज्यादतीका घटनामा ४६ जना महिला, ५ जना पुरुषसहित ५१ जना र राज्यपक्षबाट ५३ जना पीडित भएका इन्सेक मकवानपुरले जनाएको छ ।