चीनसँगको प्रमुख व्यापारिक भन्सार नाका तातोपानीबाट बिहीबार थप २ सय ३२ मेट्रिक टन रासायनिक युरिया मल नेपाल भित्रिएको छ । सोही नाका भएर बुधवार पनि २ सय ३२ मेट्रिक टन युरिया मल भित्रिएको थियो । उक्त मल ल्याब टेस्ट गरी शुक्रवार नै राजधानी पठाइएको छ ।
हिजो ८ कन्टेनरमा आएको २ सय ३२ मेट्रिक टन युरिया मल आज ल्याब टेस्ट गरी राजधानी पठाइने तातोपानी सुख्खा बन्दरगाह भन्सार प्रमुख नारद गौतमले बताउनुभयो । रासायनिक मलको चर्को अभाव झेल्दै आएका नेपाली किसानलाई यसले राहत दिने बताइएको छ । शिल्क मार्केटले चीनबाट १० हजार मेट्रिक टन रासायनिक मल आयात गर्ने जिम्मेवारी पाएको थियो । टेन्डर पाएपछि ६ महिनाअघि शिल्कले पहिलो खेपमा १ हजार ५ सय मेट्रिक टन मल चीनबाट ल्याइसकेको छ । अहिले बाँकी मल ल्याउन थालिएको शिल्क मार्केटले जनाएको छ ।