सांकेतिक तस्विर

हेटाैंडा– आज साँझदेखि देशका धेरै ठाउँमा पानी पर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । दिनभरि ठूलो पानी पर्ने सम्भावना कम रहे पनि साँझदेखि देशका धेरै ठाउँमा पानी पर्ने विभागले जनाएको छ । 
न्यूनचापीय मौसमी प्रणाली आजदेखि थप सक्रिय हुने भएकाले रातिदेखि पानी पर्ने क्रम बढ्ने विभागले जनाएकाे छ । अहिले काठमाण्डौसहित धेरै ठाउँमा घाम लागेको छ । दिउँसो धेरै ठाउँको मौसम आंशिक बदली हुने तर गण्डकी प्रदेशका एकरदुई ठाउँमा भने चट्याङसहित ठूलो पानी पर्ने सम्भावना रहेको विभागले जनाएको छ । प्रदेश एक, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा राति ठूलो पानी पर्ने सम्भावना रहेको पनि विभागले जनाएको छ ।