पाल्पा – पाल्पाको रिब्दीकोट–२ लघुवामा मलामी बोकेको बस दुर्घटना परी घाइते हुनेहरूको सनाखत भएको छ । दुर्घटनामा घाइते भएका बुटवल १७ रानीगन्जका बर्ष ३८ का विकास रसाइलीको अवस्था गम्भीर रहेको छ । अन्य घाइतेहरूमा सैनामैना–६ रुपन्देही वर्ष ३१ की मिरा रामदाम, अर्घाखाँची मालारानी–२ का वर्ष ४३ का लालबहादुर बि.क. सोही स्थानका वर्ष ३७ रमेश लोहनी रहेका छन् ।
त्यस्तै, बुटवल १७ रानीगन्जका बर्ष ४५ का धनबहादुर सुनार, अर्घाखाँची डाडाकटेरीका वर्ष ५४ का गोपाल नेपाली, सैनामैना–६ रुपन्देहीका वर्ष ५० का श्याम बहादुर बि.क. रहेका छन् । त्यसैगरी, घाइते हुनेमा मालारानी–२ अर्घाखाँचीका बर्ष ४० का तुल्सिराम बि.क. बुटवल १२ तामनगरका बसका मालिक माधव बस्याल र मालारानी–२ अर्घाखाँचीका बर्ष २२ का दिपक बि.क. रहेका छन् । घाइतेहरूको युनाइटेड मिसन अस्पताल तानसेन र लुम्बिनी मेडिकल कलेज प्रभासमा उपचार भइरहेको छ ।
सम्बधित समाचार

पाल्पा बस दुर्घटना अपडेट : मृतक ६ जनाको सनाखत

पाल्पा बस दुर्घटनाः मृतकको सङ्ख्या ८ पुग्यो (अपडेट )

पाल्पामा बस दुर्घटना हुँदा सातको मृत्यु (अपडेट )

पाल्पा लघुवामा बस दुर्घटना, ६ जनाको मृत्यु