प्रतिकारात्मक तस्विर

हेटौंडा, २७ पुस । मकवानपुरमा सवारी दुर्घटनामा परि एकजनाकाे मृत्यु भएकाे छ । पूर्वश्चिम राजमार्ग अन्तरगत मकवानपुरको मनहरी गाउँपालिका स्थित ज्यामिरेमा आइतबार ट्रक र मोटरसाइकल आपसमा ठोक्किँएर दुर्दाघटना हुँदा मोटरसाइकल चालकको मृत्यु भएको हाे ।
हेटौंडाबाट चितवनतर्फ गइरहेको ना ४ ख ८९२१ नम्बरको ट्रक र मनहरीबाट ज्यामिरेतर्फ जाँदै गरेको ना ४६ प ६०२८ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालक मनहरी गाउँपालिका–७ का ४० वर्षीय सूर्यबहादुर मोक्तानको मृत्यु भएको प्रहरीले जनाउकाे छ । ट्रक र मोटरसाइकल ठोक्किँदा घाइते भएका मोटरसाइकल चालक मोक्तानको मनहरीस्थित अस्पतालमा सामान्य उपचार पश्चात थप उपचारका लागि चितवन लगिएको थियो । चितवनको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी मकवानपुरका प्रवक्ता डीएसपी पुस्कर बोगटीले जानकारी दिनुभयाे । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको उहाँले बताउनुभएकाे छ ।