चितवनकाे भरतपुर महानगरपालिकामा गठबन्धनबाट उम्मेदवार बन्नुभएकी नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिनुभएकाे छ । ताजा मतपरिणामअनुसार भरतपुर १ मा ७ सय मत गन्दा दाहालले २ सय ७८ मत प्राप्त गर्नुभएकाे हाे । एमालेका उम्मेदवार विजय सुवेदीले २ सय ५८ मत पाउनुभएकाे छ । स्वतन्त्र उम्मेदवार जगन्नाथ पाैडेलले ९४ मत पाउनुभएकाे छ । यस्तै उपमेयरतर्फ गठबन्धनबाट उम्मेदवार बन्नुभएका चित्रसेन अधिकारीले ३ सय १७ र राप्रपाकी हिमला गुरुङले १ सय ९१ मत पाउनुभएकाे छ ।