मकवानपुर– जिल्ला प्रशासन कार्यालय मकवानपुरले आइतबार रातिबाट लागु हुने गरि जिल्लाका चार वटा स्थानीय तहमा निषेधाज्ञा लगाउने निर्णय गरेको छ । जिल्लमा कोरोना भाइरस संक्रम बढ्दैगएकपछि स्थानीय प्रशासनले रोकथाम तथा नियन्त्रणकालागि जिल्लाका चारवटा स्थानीय तहमा निषेधाज्ञा जारी गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) मकवानपुरको सिफारीसमा जिल्ला सुरक्षा समितिले भोली आईतबार राति १२ बजे देखि ३१ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले जानकारी दिनुभयो । बैशाख १९ गते राती १२ बजेदेखि लागू हुनेगरी जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिकाका सम्पूर्ण क्षेत्र र मनहरी गाउँपालिकाको राजमार्ग क्षेत्रबाट दायाँ बायाँ ५ सय मिटर वरपर सम्म निषेधाज्ञा लागु गरिएको छ ।
निषेधाज्ञामा के–के गर्न पाइन्छ ?
विकास निर्माण कार्यमा चाहिने मजदुर र सामग्री ढुवानीका साधनको हकमा सम्बन्धित आयोजना वा कार्यालय प्रमुखको सिफारिसका आधारमा पास लिएर चलाउनु पाइने छ । खाद्य सामग्री पसल, बिहान ५ बजे देखि ९ बजेसम्म चल्न पाइने छ तर तोकेको स्वास्थ्य मापदण्ड पालना गर्नुपर्ने नियम बनाइएको छ । सरकारी कर्मचारी, बैंक तथा वित्तीय संस्था बीमा र सहकारीलगायत राष्ट्र बैँकबाट इजाजत प्राप्त वित्तीय कारोबार गर्ने संस्थामा कार्यरत कर्मचारीको हकमा कार्यालयले जारी गरेको परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने छ । पत्रकारको हकमा सूचना विभाग, पत्रकार महासङ्घ र स्वयं सञ्चार संस्थाले जारी गरेको प्रेस परिचयपत्रका आधारमा आवतजावत गर्न पाइने भएको छ ।
के गर्न पाइदैन ?
सभा,
सम्मेलन, गोष्ठी, तालीम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, शपिङ मल, मनोरञ्जनस्थल, सैलुन, ब्युटी पार्लर, जिमखाना, समूहमा खेलिने खेलकूद, पुस्तकालय, सङ्ग्र्रहालय, चिडियाखाना आदि सञ्चालन गर्न पाइदैन । विवाह व्रतबन्धको हकमा बढीमा १५ जनासम्म स्वास्थ्य मापदण्ड पालना गर्ने गरी जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने हुन्छ । विवाहमा जाँदा ब्यानरसहित दुई वटा मात्रै गाडी प्रयोग गर्नुपर्ने छ । विवाहमा जाँदा जिल्ला वा अन्तर जिल्लाका लागि पास नचाहिने तर पार्टी प्यालेस प्रयोग गर्दा भने अनिवार्य पास चाहिने छ । अत्यावश्यक सामग्री बोकेका ढुवानीका सवारी साधन, बिरामी तथा कुरुवा बोकेका एम्बुलेन्स, स्वास्थ्यकर्मी तथा सुरक्षा निकायले प्रयोग गर्ने सवारी साधनबाहेक अन्य सवारी साधन प्रवेश पाउने छैन ।

हेर्नुहोस निर्णय