मकवानपुर– मकवानपुरका चार वटा स्थानीय तहमा स्थानीय प्रशासनले निषेधाज्ञा लगाउने निर्णय गरेको छ । कोरोना भाइरस नियन्त्रणकालागि जिल्ला सुरक्षा समिति मकवानपुरले निषेधाज्ञा लगाउने निर्णय गरेको हो । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को रिफारीसमा जिल्ला सुरक्षा समितिले जिल्लाका चार वटा स्थानीय तहमा निषेधाज्ञा लगाउने निर्णय भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी भरत मणी पाण्डेले जानकारी दिनुभयो ।
आज एक सुचना जारी गर्दै जिल्ला प्रशासन कार्यालय मकवानपुरले बैशाख १९ गते आईतबार राती १२ बजेदेखि बैशाख ३१ गते राती १२ बजे सम्मका लागि जिल्लाको हेटौंडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिका र मनहरी गाउँपलिकामा निषेधाज्ञा लगाएको हो । तीनवटा स्थानीयतहका सम्पूर्ण क्षेत्र र मनहरी गाउँपालिकाको भने राजमार्ग क्षेत्रबाट दायाँ बायाँ ५ सय मिटर वरपर सम्म निषेधाज्ञा लगाईएको छ । गरिएको हो । नेपाल सरकार (मन्त्रिपरिषद्) को निर्देशनलाई आधार मानेर जिल्ला कोभिड(१९ संकट व्यवस्थापन केन्द्र, मकवानपुरको सिफारिस र जिल्ला सुरक्षा समितिको मिति निर्णय समेतको आधारमा संक्रामक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम मिति बैशाख १९ गते रातिदेखि १२ बजेदेखि बैशाख ३१ गते राति १२ बजेसम्म हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, भीमफेदी गाउँपालिकाको सम्पूर्ण क्षेत्र र मनहरी गाउँपालिकाको पूर्व–पश्चिम राजमार्ग ९महेन्द्र राजमार्ग०को दाँयारबाँया ५००/५०० मिटरको क्षेत्रमा निषेधाज्ञा गरिएको हो ।

No description available.
No description available.