काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचन कार्यमा नेपाली सेना परिचालन गर्न नेपालको संविधान बमोजिम स्वीकृति प्रदान गर्नुभएको छ । मन्त्रिपरिषद्को निर्णय एवं प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले सुरक्षा निकायहरूको एकीकृत तथा समन्वयात्मक रुपमा परिचालन गर्न नेपाली सेना परिचालनको लागि स्वीकृति प्रदान गर्नुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ ।
हेर्नुहोस् राष्ट्रपति कार्यालयको पत्र












