मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले शुक्रबार पुर्वी मकवानपुरका विभिन्न स्थानीयतहमा सञ्चालित आइसोलेसन केन्द्रको अनुगमन गर्नुभएको छ । मकवानपुरमा कोरोना भाईरस (कोभिड–१९) को दोस्रो भेरियन्टको संक्रमण बढ्दै गएका अवस्थामा यसको रोकथाम तथा नियन्त्रणमा स्थानीय तहहरुको तयारीका सन्दर्भमा प्रमुख खुलालले अनुगमन निरिक्षण गर्नुभएको हो ।

यस अघि मकवानपुरगढी र मनहरी गाउँपालिकाको तयारी तथा आइसोलेसन केन्द्को अनुगमन गर्नुभएका प्रमुख खुलालले शुक्रबार हेटौंडा स्थित गौरीटार आइसोलेसन तथा बकैया र बागमती गाउँपालिकाद्धारा सञ्चालित आइसोलेसनको अनुगमन गर्नुका साथै आवश्यक निर्देशन समेत दिनुभएको छ । प्रमुख खुलालले जिल्लामा संक्रमण दर बढ्दै गएकोहुँदा स्थानीय तहहरुले आइसोलेसन सञ्चालन गरे÷नगरेको साथै अन्य तयारीका विषयमा अनुगमन गरेर आवश्यक निर्देशन दिनुभएको हो । सो क्रममा गौरीटार आईसोलेसनमा रहेका संक्रमितहरुसंग समेत उहाँले अवस्थाका बारेमा जानकारी लिनुभएको थियो । गौरीटार आइसोलेसनमा हाल १० जना संक्रमितहरु रहेका छन् । यस क्रममा उहाँले आइसोलेसनमा रहेको विद्युतको समस्या समेत समाधान गर्नुभयो ।

त्यस्तै प्रमुख खुलालले बकैया स्थित आईसोलेसनमा अनुगमनका क्रममा त्याहाँको अवस्थाका बारेमा गाउँपालिका अध्यक्ष दामोदर खनालसंग जानकारी लिनुभएके थियो । बकैया गाउँपालिकाले ५ शैयाको अक्सिजनसहितको आइसोलेसन तयारी अवस्थामा राखेरको र थप २० शैयाको १÷२ दिन भित्रै सञ्चालनमा ल्याउने गरि तयारी गरेको छ । त्यस बाहेक बकैयामा थप २० शैयाको आईसोलेसन सञ्चालन गर्न मिल्ने गरि तयारी गरेको गाउँपालिका अध्यक्ष खनालले जानकारी दिनुभयो ।
यस्तै अनुगमनका क्रममा बागमती गाउँपलिकाले तयारी अन्तिम चरणमा पु¥याएको प्रमुख खुलालले बताउनुभयो । बागमती गाउँपलिकाले भोली शनिबारदेखि सञ्चालनमा ल्याउने गरि अक्सिजनसहितको १० शैयाको आइसोलेसन तयारी गरेको उहाँले जानकारी दिनुभयो । अनुगमनका क्रममा प्रमुख खुलालले कोरोना भाइरसको राकथाम तथा नियन्त्रणमा केन्द्रित हुन र आइसोलेसन तयारी अवस्थामा राख्न गाउँपालिका अध्यक्षहरुलाई निर्देशन दिनुभयो । अनुगमनमा बकैया गाउँपालिकाका अध्यक्ष खनालसहित गाउँपलिकाका स्वास्थ्य संयोजक लगायतले सम्पूर्ण अवस्थाका बारेमा जानकारी दिनुभएको थियो । भने बागमती गाउँपालिकामा उपाध्यक्ष धनमाया स्याङ्तानलगायत स्वास्थयकर्मीले जानकारी दिनुभएको थियो । अनुगमनमा जिसस सदस्य सरिता विक, बकैया गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लक्ष्मण पुडासैनीलगायतको सहभागिता थियो ।