वैशाख २०७२ को भूकम्पले भत्काएका संरचना आगामी आर्थिक वर्षमा पुनर्निर्माण सम्पन्न गरिने भएको छ ।राष्ट्रपति विद्यादेवि भण्डारीले आगामी आवको नीति तथा कार्यक्रममार्फत यस्तो घोषणा गर्नुभएकाे हाे । उहाँका अनुसार ऐतिहासिक सम्पदा धरहरा र रानिपोखरीको पुनर्निर्माणको काम ४० र ७० प्रतिशत सम्पन्न भइसकेको छ । बाँकि सबै काम आगामी आवमा सकिने उहाँको भनाई छ । आवश्यक नीतिगत र कानूनी व्यवस्था गरी निर्माण सामग्री र नदीजन्य निर्माण सामग्रीको सहज आपूर्तिको व्यवस्था गरिने भएको छ ।