हेटौंडा– नेपाल कम्युनिष्ट पाट्री एमाले बागमती प्रदेश संसदीय दलको विधान परिर्वतन गरिने भएको छ । एमाले बागमती प्रदेश कमिटीको बुधबार ललितपुरमा बसेको बैठकले संसदीय दलको विधान परिवर्तन गर्ने निर्णय गरेको हो ।
बैठकले विधान परिवर्तनका लागि बागमती प्रदेश संसदीय दलका सचेतक केशवराज पाण्डेको संयोजकत्वमा नारायण शिलवाल र उर्मिला कर्मचार्य सदस्य रहेको ३ सदस्य कमिटि गठन गरेको छ । यस्तै आजको दलको बैठकमा चैत्र २७ गते प्रदेश सभा बैठक बस्न सहमति बनेको एमाले संसदीय दलका सचेतक पाण्डेले जानकारी दिनुभयो । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठसँग छलफल गरेर सदन नियमित सुचारु गरिने उहाँले बताउनुभयो । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बसेको बैठकमा एमाले नेतृ अष्टलक्ष्मी शाक्य लगायत प्रदेश सांसदहरुको उपस्थिति थियो ।