थाहा–जिल्ला समन्वय समिति मकवानपुरका प्रमुुख रघुनाथ खुलालले शिक्षाको स्तर बढाउन जरुरी रहेको बताउनुभएको छ । आईतबार मकवानपुरको थाहा नगरपालिकाद्धारा चालीसौँ राष्ट्रिय शिक्षा दिवस तथा अन्तर्रािष्ट्रय साक्षरता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रमुख अतिथि खुलालले आधुनीक युगमा परम्परागत शिक्षाले मात्र नहुने बताउनुभएको हो ।

थाहा नगरपालिकाको शिक्षा शाखाले आयोजना गरेको दीर्घसेवी शिक्षक एवम् उत्कृष्ट विद्यालय व्यवस्थापन समिति, विद्यालय, शिक्षक तथा विद्यार्थी सम्मान कार्यक्रममा उहाँले विश्वसंग प्रतिष्पर्धा गर्नुपर्ने अहिलेको अवस्थामा आधुनीक तथा व्यवहारीक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभएको छ । समाज परिर्वतनमा शिक्षकहरुको महत्वपुर्ण भुमिका हुने भन्दै उहाँले शिक्षक, अभिभावक विदार्थी समाज सबै मिलेर शिक्षाको स्तरमा विकासगर्नुपर्ने बताउनुभएको हो । थाहा नगरपालिकालाई माथि उठाउन चेतना र शिक्षा अनिवार्य भएकाले नगरको विद्यालयहरुमा शिक्षाको स्तर र चेतना स्तर बढाउन सबैले पहल गर्न जरुरी रहेको प्रमुख खुलालको भनाई थियो । विद्यालयको वातावरणलाई राम्रो गर्न सबै विद्यार्थी, अभिभावक र शिक्षकहरु मिलेर लागेमा कठिन नहुने उहाँले बताउनुभयो । कार्यक्रममा उहाँले अवकास लिनुहुने शिक्षकहरुलाई आगामि जिवन सुखमय होस भन्ने शुभकामना समेत व्यक्त गर्नुभएको थियो ।

कार्यक्रमका अवसरमा थाहा नगरपालिकाले लामो समय शिक्षा सेवामा रहेर काम गर्नुभएका ४ जना शिक्षकहरुलाई स्वेच्छिक अवकास दिएको थियो । चालीसौं शिक्षा दिवश तथा अन्तराष्ट्रिय साक्षरता दिवशको अवसर पारेर शिक्षकहरुलाई नगद एक लाख सहित स्वेच्छिक अवकास दिएको हो । अवकास पाउने शिक्षकहरु ३० देखि ४१ वर्ष शिक्षण पेशामा लाग्नुभएकाहरु हुनुहुन्थ्यो । नगरपालिकाले २५ वर्ष शिक्षण सेवामा लागेकाहरुका लागि स्वेच्छिक अवकास योजना ल्याएको छ । नगरपालिकामा २५ वर्ष भन्दा बढी शिक्षण पेशा गर्नुभएका शिक्षकहरुको संख्या ४४ जना रहेको छ । नगरपालिकाले शिक्षक स्वर्णीम अवसर योजना ल्याएर उहाँहरुलाई अवकास दिएको हो ।
त्यस्तै कार्यक्रममा नगरका उत्कृष्ट विद्यालय, विद्यालय व्यवस्थापन समिति, शिक्षक तथा विद्यार्थीहरुलाई पनि नगद सहित सम्मान गरिएको थियो । थाहा नगरपालिकाका मेयर लबशेर बिष्टको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यता रहेको थियो ।