मकवानपुर– शैक्षिक क्षेत्रमा योगदान पु¥याउने उदेश्यका साथ स्थापित शैक्षिक सहयोग अक्षयकोष नेपाल र उद्योगिहरुबीच बिहीबार छलफल भएको छ । संस्थाको सदस्यता बृद्धि तथा उद्योगिहरुको समस्याका बिषयमा छलफल भएको हो ।

उद्योग संघ मकवानपुरका अध्यक्ष लेखराज पोखरेलको अध्यक्षता एवम् शैक्षिक सहयोग अक्षय कोषका अध्यक्ष एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा कोरोना पछि उद्योग सञ्चालनको अवस्था एवम् शैक्षिक सहयोग अक्षयकोषमा सदस्यता बृद्धिका विषयमा छलफल भएको छ ।

छलफलमा कोषका अध्यक्ष खुलालले संस्थाको उदेश्यका बारेमा उद्योगिहरुलाई जानकारी गराउनुभएको थियो । छलफलमा उद्योगिहरुले पवित्र उदेश्यका साथ स्थापना भएको शैक्षिक सहयोग अक्षयकोषमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । छलफलमा उद्योग परिसंघ बागमती प्रदेश, उद्योग संघका पदाधिकारी लगायत अक्षयकाेषका पदाधिकारी एवम् उद्योगि व्यवसायीहरूको सहभागिता थियो । आजकै कार्यक्रममा उद्योग संघ मकवानपुरले काेषकाे संस्थागत सदस्यता समेत लिएको छ ।