हेटौंडा– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेशको राजधानी हेटौंडामा निर्माणाधीन पाउडर दूग्ध उद्योगको निर्माणस्थलको निरीक्षण गर्नुभएको छ । विहीबार (आज) प्रदेशको भूमि व्यावस्था, कृषि तथा सहकारी मन्त्रालयले निर्माण गर्न लागेको पाउडर दूग्ध उद्योगको मुख्यमन्त्री पौडेलले निरिक्षण गर्नुभएको हो ।

May be an image of 3 people, people standing, tree and outdoors

बागमती प्रदेशको राजधानी हेटौंडामा दैनिक पाँच टन पाउडर दूध उत्पादन क्षमताको उद्योग स्थापना प्रक्रिया शुरु भएको छ । प्रदेश सरकारले गठन गरेको वाग्मती प्रदेश दूध विकास बोर्डद्वारा ४५ करोड रुपैयाँको लागतमा उद्योग स्थापनाको लागि भवन निर्माणको काम भइरहेको छ । प्रदेशको चितवन र मकवानपुरलगायतका क्षेत्रमा पशुपालक किसानले उत्पादन गरेको दूध विक्री नहुँदा दूग्ध विकास संस्थानको कार्यालय हेटौँडाले खरिद गरी पाउडर बनाउन विराटनगर लैजाने गरिएको छ । प्लान्टमा दैनिक ६० हजार लिटर दूधबाट पाँच मेट्रिक टन पाउडर उत्पादन गर्ने लक्ष्य रहेको छ । चालू आर्थिक वर्ष २०७७–७८ को पुस १ गते निर्माण सम्झौता गरेको काठमाडौं इजी इन्फा प्रालिले एक वर्षभित्र निर्माण कार्य सम्पन्न गर्नेगरी काम थालेको थियो ।

May be an image of standing, outdoors and tree

अनुगमनमा भूमि ब्यबस्थ, कृषि तथा सहकारी मन्त्री दावा दोर्जे लामा, मुख्यमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार जेएन थपलिया, दुग्ध बोर्डका उपाध्यक्ष टिकाबल्लब सापकोटा लगायतकाको सहभागिता रहेको थियो ।