हेटौंडा– जिल्ला शिक्षा समिति मकवानपुरले जिल्लाका उत्कृष्ट विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान गर्ने भएको छ । शनिबार जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख एवम् जिल्ला शिक्षा समितिका अध्यक्ष रघुनाथ खुलालको अध्यक्षतमा बसेको बैठकले विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान गर्ने निर्णय गरेको हो ।
४० औं शिक्षा दिवशको अवसरमा केहि दिन पछि एक कार्यक्रमको आयोजना गरेर जिल्लाका व्यवस्थापन समितिका उत्कृष्ट योगदान गर्ने पदाधिकारीलाई सम्मान गर्ने निर्णय गरेको प्रमुख खुलालले बताउनुभयो । सम्मान गर्नकालागि जिल्लाका १० ओटै स्थानीय तहमा सुचि बनाएर पठाईएको र सोकै आधारमा सम्मान गरिने उहाँले बतानुभयो । विद्यालय व्यवस्थापनका सदस्यहरुलाई विद्यालयमा विद्यार्थी संख्या, स्रोत साधनको परिचालनमा समितिले योगदान पु¥याएको, विद्यालय कृयाकलापमा राम्रो सहभागिता भएको, समितिको सकृयतालाई कृयाशिल बनाई विद्यालयको स्वास्थ वातावरण सृजना गरेको, सिकाई सम्बन्धी बढोत्तरीमा योगदान पु¥याएको, विद्यालयको शुसासनमा योगदान पु¥याएको मध्ये
जिल्लाका उत्कृष्ट विद्यालय व्यवस्थापन समितिका पदाधिकारीलाई सम्मान गरिने बताउनुभएको छ । स्थानीय तहको सिफारीसमा उत्कृष्टलाई सम्मान गर्ने उहाँले बताउनुभएको छ । बैठकमा प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी, जिल्ला शिक्षा समन्वय ईकाई प्रमुख लिलाराज गौतम, जिल्ला समन्वय समितिका शाखा अधिकृत भीमलाल मर्हजन, शिक्षक महासंघका अध्यक्ष जिधराज ढकालको सहभागिता रहेको थियो ।