मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले अहिले देशैभरी विकासको लहर छाएको बताउनुभएको छ । मकवानपुरको मनहरी गाउँपालिका–३, स्थित हाँडीखोलामा निर्माण हुन लागेको पक्की पुलको बिहीबार शिलान्यास गर्नुहुँदै मुख्यमन्त्री पौडेलले विकासका लहरहरु देशैभरी आएको बताउनुभयो ।

No description available.

मुख्यमन्त्री पौडेलले सरकार निर्माणको तीन वर्षमा ईतिहासमै नभएका विकासका कामहरु भएको बताउनुभएको छ । अहिलेको सरकारले देशको विकास र समृद्धिको क्षेत्रमा ईतिहासमै हुन नसकेका महत्वपूर्ण कामहरु गरेको भन्दै उहाँले प्रदेश सरकारले समानुपातिक विकासको अवधारणा अनुसार विकास र समृद्धिका लागि महत्वपूर्ण काम गरेको कुरा सबैले बुझ्न जरुरी रहेको बताउनुभयो । “वषौंसम्म धेरै सरकार बने तर, अरुले के काम गरे र अहिलेको सरकारले के के काम गरेको छ सबैले बुझ्न जरुरी छ ।” मुख्यमन्त्री पौडेलले भन्नुभयो ।

देशमा समृद्धीको यात्रा सुरु भएको बताउँदै मुख्यमनत्री पौडेलले तीन तहका सरकारले थुप्रै काम गरेको बताउनुभयो । उहाँले अहिले वन्दै गरेको पुल निर्माणका लागि प्रदेश सरकारले सहयोग गर्ने समेत बताउनुभएको छ । मुख्यमन्त्री पौडेलले मनहरी गाउँपालिकाले विकास निर्माणका कामलाई तीब्रता दिएकोमा खुशी व्यक्त गर्दै प्रदेश सरकारको तर्फबाट आवश्यक सहयोग गर्ने बताउनुभयो । उहाँले उक्त पुल निर्माणको लागि प्रदेश सरकारको तर्फबाट चालु आर्थिक वर्ष ०७७/७८ मा १ करोड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने प्रतिवद्धता समेत व्यक्त गर्नुभएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले पुल निमाृण भए पछि वर्षौ देखि दुख पाईरहेका हाडिकोला क्षेत्रका नागरिकलाई सहजता प्राप्त हुने बताउनुभयो । विकासका लागि सडक सञ्जाल अति नै आवश्यक रहेको हुँदा पुल निर्माणले सो क्षेत्रका नागरिकहरु सडक सञ्जालसंग जोडिने र उक्त क्षेत्रको विकास हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले पुल निर्माणको काम तोकिएको समयमै सम्पन्न गर्न मनहरी गाउँपालिकाका जनप्रतिनिधि, निर्माण व्यवसायीलगायत सम्बन्धित सबै पक्षलाई आग्रह समेत गर्नुभयो ।

No description available.

पुल निर्माणको लागि लागि गाउँपालिकाले ५ करोड ३५ लाख ५१ हजार ५२५ रुपैयाँ बजेट विनियोजन गरिएको गाउँपािलका अध्यक्ष एकराज उप्रेतीले बताउनुभयो । गाउँपालिकाकाे गौरबको योजना ५ वटा पुलको ठेक्का भयको मध्ये हाँडिखोलापुल शिलान्यास भएकाे उहाँले बताउनुभयाे । गाउँपालिकामा चालु आर्थिक वर्षमा एकै पटक ५ वटा पुल निर्माण हुँदै छ । आज शिलान्यास भएको पुल भैरव नारायण गणेश जेभी निर्माण कम्पनीसंग २०७९ साल मंसिर १९ गते भित्रमा सम्पन्न गर्ने गरि सम्झौता भएकाे छ । निर्माण व्यवसायीबाट तोकिएको समयअगाबै निर्माण सम्पन्न गरिसक्ने प्रतिवद्धता प्राप्त भएको अध्यक्ष उप्रेतीले बताउनुभयो ।