हेटाैंडा– शहिद दिवशका अवसरमा बिहीबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । बागमती प्रदेशको राजधानी हेटौंडा स्थित बुद्धचोकमा बिहीबार आयोजित रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेका छन् ।
शहीद दिवसको अवसरमा बिहीबार भएको रक्तदान कार्यक्रममा ६१ जनाले रक्तदान गरेको रंक्तसञ्चार केन्द्र हेटौंडा शाखाका प्रमुख टंक दाहालले बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव प्रा.डा. हरी प्रसाद लम्साल, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव मदन भूजेल लगातय नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा मकवानपुरका कार्यबाहक सभापति लाल बहादुर थापालगायतको उपस्थिति रहेको थियो । दिवशका अवसरमा प्रदेश सरकारले भोली शुक्रबार विशेष कार्यक्रमको आयोजना गर्ने भएको छ । प्रदेश सरकारले प्रदेश प्रमुख बिष्णु प्रसाईं, मुख्यमन्त्री डोरमणि पौडेलको उपस्तिथिमा बिशेष कार्यक्रमको आयोजना गर्ने भएको हो । प्रदेश सरकारले दिवशका अवसरमा शुक्रबार बिहान ७ः३० बजे हेटौंडा–११ सहिद स्मारकमा र्यालीसहित स्मारक प्राङ्गणमा रहेको शहिदहरुको शालिकमा माल्यार्पण तथा कोण सभाको आयोजना गरिने भएको हो ।