हेटौंडा– नेपाल कम्युनिष्ट पाट्री (नेकपा) हेटौंडा उपमहानगरपालिका ५ नम्बर वडा कमिटीको अध्यक्षमा पदम बहादुर बजगाँई चयन हुनुभएको छ । बुधबार पाट्रीको अगुवा कार्यकर्ता भेलालले बजगाँईलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो ।

त्यस्तै भेलाले वडा ममिटीको सचिवमा सुरेश लामिछानेलाई चयन गरेको छ । ५ नम्बर वडा कमिटीका अध्यक्ष बजगाँईको अध्यक्षतामा भएको भेलामा नेकपा केन्द्रिय सदस्य एवम् मकवानपुर सहईन्चार्ज रामेश्वर राना, केन्द्रिय सदस्य एवम् संविधानसभा सदस्य अनन्त पौडेल, केन्द्रिय सदस्य एवम् जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाल, हेटौंडा उपमहानगरपालिकाका मेयर हरिबहादुर महतल, केन्द्रिय सदस्य महेश बतौंला, जिल्ला अध्यक्ष एकलाल श्रेष्ठ, जिल्ला सचिवालय सदस्य नविन सिग्देल, देवराज रिमाल, नगर अध्यक्ष शालिकराम पुडासैनीलगायतले मन्तव्य व्यक्त गर्नुभएकाे थियाे ।

May be an image of 3 people, including Mahesh Bartaula and people standing