मकवानपुर– बागमती प्रदेश राजधानी हेटौंडामा शुक्रबार शहिद दिवस भव्य कार्यक्रम गरि मनाइदै छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा गठित प्रदेश स्तरीय शहिद दिवश मुल समारोह समितिले शुक्रबार हेटौंडामा भव्य कार्यक्रमको आयोजना गर्ने दिवश मनाउन लागेकाे हाे ।
दिवशका अवसरमा आज शहिद स्मारक परिषरमा रक्तदान कार्यक्रमकाे आयाेजना गरिएकाे छ भने भाेली र्यालीसहित शहिद स्मारक स्थित शहिद स्तम्भमा माल्यापर्ण गरेर सहिदलाइ सम्झने कार्यक्रम रहेकाे स्मारक विकास समितिले जनाएकाे छ । देश र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा प्रत्येक वर्ष माघ १६ गते हेटाैंडा–११स्थित शहीद स्मारकमा शहीद मनाउने गरिन्छ । बागमती प्रदेश सरकार, जिल्ला समन्वय समिति र शहिद स्मारक विकास समितिको आयोजनामा प्रदेश स्तरीय रूपमा दिवश मनाउन लागिएकाे हो । सो अवसरमा भाेली बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाँइ, मुख्यमन्त्री पौडेल ¥यालीमा सहभागि भई, शहिद स्मार स्थित शहिद स्तम्भमा माल्यापर्ण गर्ने कार्यक्रम रहेको जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले बताउनुभयो । प्रमुख खुलालले शहिद दिवशको कार्यक्रममा सहभागि हुन समेत सम्पूर्ण जनप्रतिनिधि, राजनैतिक दल, संघसंस्थालाई आव्हान समेत गर्नुभएको छ । दिवशका अवरमा शुक्रबार हेटौंडा–११ स्थित शहिद स्मारकमा भव्य ¥याली सहित पुगेर शहिद प्रति श्रद्धा सुमन अपर्ण गर्ने कार्यक्रम रहेको उहाँले बताउनुभयाे ।