मकवानपुर- मकवानपुर प्रहरीले लागु औषध चरेससहित दुईजना भारतिय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले मकवानपुरको भिमफेदी गाउँपालिका–२ भैसे चोकबाट २५ केजी लागुऔषध चरेस सहित २ जना भारतिय नागरिकलाई पक्राउ गरेको हो ।

प्रहरीचौकी भैसेबाट प्रहरी निरिक्षक दिलिप कुमार सिंहको कमाण्डमा खटिएको प्रहरी टोलीले लागु औषध चरेससशित भारत बिहार मोतिहारी सिसुवा ग्राम वडा नम्बर–२ बस्ने २५ वर्षिय राजेश यादव र सोहि स्थानका १८ वर्षिय ऋषि कुमार यादवलाई पक्रउ गरेको जिल्ला प्रहरीले जनाएको छ । पालुङबाट हेटौडातर्फ आउँदै गरेको बा. २५ प ८७८३ नम्बरको मोटरसाइकललाई सुरक्षाजाँच गर्ने क्रममा मोटरसाइकलको सिट र ट्याङकी मुनी फल्स बटम बनाई लुकाई छिपाई राखेको अवस्थामा प्रहरीले चरेश बरामद गरेको जनाएको छ । लागूऔषध चरेस सहित निजहरूले प्रयोग गरेको मोटरसाइकल समेत नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जिल्ल प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंहले जानकारी दिनुभयो ।