मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले समुदायलाई स्थापीत गर्न गैरसरकारी संस्थाको भुमिका महत्वपूर्ण र प्रभावकारी हुने बताउनुभएको छ । सृजनशिल नेपालको जिल्ला स्तरीय सरोकारवालाहरुसंगको अन्तरकृया कार्यक्रमका प्रमुख अतिथि खुलालले समुदायलाई सक्षम बनाउन गैरसरकारी संस्थाको भुमिका महत्वपूर्ण र प्रभावकारी हुने बताउनुभएको हो ।

प्रमुख खुलालले गैर सरकारी संस्थाहरुले लक्षय अनुसारको उपलब्धी हासिल हुने गरि स्थानीय सरकारसंगको समन्वय गरेर काम गर्नुपर्ने समेत बताउनुभयो । गैरसरकारी संस्थाहरु सरकारको सहयोगिका रुपमा काम गर्नुपर्ने भन्दै उहाँले संस्थाले तोकिएको लक्ष्य अनुसार काम गर्नुपर्ने उहाँको भनाई थियो । हेटौंडा उपमहानगरपालिका वडा नम्बर १६, १७ र १८ मा महिला तथा बालबालिकाको सामाजिक तथा आर्थिक शशक्तिकरणको क्षेत्रमा काम गरिरहेको उक्त संस्थाले गरेका कामको परिणाम समेत देखिनुपर्ने उहाँले बताउनुभएको छ ।

संस्थाकी अध्यक्ष शान्ता बरालको सभाध्यक्षतामा भएको कार्यक्रममा जिसस उपप्रमुख भगवती पुडासैनी, हेटौंडा उपमहानगरपालिकाकी उपमेयर मनिा लामा, मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेती, हेटौंडा–१७ का वडा अध्यक्ष भैरब बहादुर राईलगायत सरोकारवालाहरुको सहभागिता थियो ।