हेटौंडा– अख्तियार दुरुपयोग अनुसंधान आयोगको कार्यालय हेटौंडाले मंगलबार बागमती प्रदेशका प्रदेश प्रमुख विष्णु प्रसाद प्रसाई समक्ष वार्षिक प्रतिवेदन पेस गरेको छ । कार्यालय प्रमुख बाबुराम खतिवडाले आज प्रदेश प्रमुख प्रसाई समक्ष आर्थिक वर्ष २०७६/०७७ मा कायार्यालयद्वारा भएका कामको विबरणसहितको ३०औं प्रतिबेदन पेस गर्नुभएको हो ।
प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख प्रसाईले अख्तियारले शुसासन कायम गर्नका लागि धेरै काम गरेको वताउनुभएको छ । उहाँले सुशासन कायम गर्न अख्तियारलाई थप सकृयता र दक्षताका साथ काम गर्न निर्देशन समेत दिनुभयो ।