नेपालमा आज थप ५ सय ८५ जना कोरोना संक्रमणमुक्त भएका छन । योसँगै नेपालमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या २ लाख ५७ हजार २ सय २९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैगरी, पछिल्लो २४ घण्टामा थप ५ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसंगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको कुल संख्या २ लाख ६४ हजार १ सय ५९ पुगेको छ । आज देशभरिका अस्पताल, संस्थागत आइसोलेसन तथा होम आईसोलेसनमा गरी कूल ५ हजार २१ जना कोरोना भाइरसका सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । यसैगरी, कोरोना भाइरसको संक्रमणबाट आज थप ६ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म १ हजार ९ सय ९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।