मकवानपुर– महिला स्वास्थ्य स्वयंसेवीका दिवस शुक्रबार हेटौंडामा रक्तदान कार्यक्रमको आयोजना गरेर मनाईएको छ । शुक्रबार महिला स्वास्थ्य स्वयंसेवीका हेटौँडानगरद्वारा रक्तदान कार्यक्रमको आयोजना गरेर दिवश मनाइएको हो ।
महिला स्वास्थ्य स्वयम्सेवीका हेटौँडा उपमहानगर अध्यक्ष बेगम बरालको सभाध्यक्षता तथा हेटौँडा उपमहानगरपालिका जनस्वास्थ्य स्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईंको प्रमुख आतिथ्यतामा रक्तदान कार्यक्रम आयोजना भएको हो । रक्तदान कार्यक्रम १८ जनाले रक्तदान गर्नुभएको छ । कोरोना प्रभावका कारण उत्पन्न रगतको अभावलाई थोरै भए पनि सहयोग पुगोस भन्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको महिला स्वास्थ्य स्वयम्सेवीका हेटौँडा उपमहानगर अध्यक्ष बरालले बताउनुभयो ।