मकवानपुर– जिल्ला समन्वय समिति (जिसस) मकवानपुरका प्रमुख रघुनाथ खुलालले विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन अभिभावकाको भुमिका महत्वपुर्ण हुने बताउनुभएको छ । हेटौँडा उपमहानगरपालिका–२, स्थित सिद्धार्थ माविको ४४ औ अभिभावक भेलाको उदघाटन गर्नुहुँदै प्रमुख खुलालले शैक्षिक गुणस्तर सुधारका अभिभावकको भुमिका महत्वपुर्ण हुने बताउनुभएको हो ।

प्रमुख खुलालले विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक र विद्यार्थीबीचको सहकार्य र योगदान हुनुपर्ने बताउनुभयो । सकारात्मक सोचका साथ एक आपसमा सहकार्य गरेर अगाडी बढेमा जस्तो सुकै कुरामा सफलता हात पार्न सकिने भन्दै उहाँले शैक्षिक उपलब्धी हासिल गर्न सबैको सकारात्मक प्रयास जरुरी रहेको बताउनुभयो । उहाँले ईमान्दार रुपमा भुमिका निर्वाह गर्ने र कर्तव्यनिष्ठ रही विद्यालयलाई कस्तो बनाउने भन्ने योजनावद्ध योजना हुनुपर्ने उहाँको भनाई थियो । मकवानपुरको शैक्षिक गुणस्तरियता कायम गर्न सिदार्थ माविको भुमिका उल्लेखनीय रहेको उहाँले बताउनुभयाे । उहाँले सामुदायिक विद्यालय प्रति नागरिकको धारणा परिर्वतन हुँदै गएको भन्दै परिर्वति धारणालाई कायम राख्नु चुनौतिपुर्ण रहेको समेत बताउनुभयो । उहाँले विद्यालय सञ्चालनका लागि विभिन्न आइपर्ने कठिनाईलाई समाधान गर्नु सबैको जिम्मेवारी हुने बताउनुभएको छ ।

प्रमुख खुलालले भुकम्पका कारण भत्किएका विद्यालय विस्तारै पुन निर्माण भइरहेको र गाउँ गाउँमा शैक्षिक क्षेत्रमा राज्यको कृयाशिल बढदै गएको उहाँको भनाई थियो । “अहिले गाउँ गाउँमा शैक्षिक क्षेत्रमा राज्यको कृयाशिलता बढदै गएको छ, भुकम्पका कारण भत्किएका विद्यालय विस्तारै पुन निर्माण भइरहेका छन । भौतिक संरचना निर्माण सम्पन्न भएपछि पक्कै सामुदायिक विद्यालयले शैक्षिक क्षेत्रमा छलाङ्ग मार्नेछ, तर, निमाृण भएका संरचनाहरुको संरक्षण त्यतिकै चुनौतिपुर्ण रहेको छ ।” प्रमुख खुलालले भन्नुभयो । उहाँले शैक्षिक गुणस्तर सुधारका लागि मकवानपुरमा शैक्षिक सहयोग अक्षयकोष स्थापना गरिएको भन्दै उहाँले कोषमा सहभागि हुन समेत आग्रह गर्नुभयो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मधु बजगाइकाे अध्यक्षातामा अभिभावक भेला भएकाे हाे ।