अर्थमन्त्री विष्णु पौडेलले पार्टीभित्रको विवाद समाधान गरी पार्टी एकताको रक्षा गर्न नेतृत्व लागेको बताउनुभएको छ । प्रेस संगठन रुपन्देहीले आज बुटवलमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा अर्थमन्त्री पौडेलले प्रतिपक्ष दलको नेतासंग प्रधानमन्त्रीको भेटघाट हुनु स्वभाविक रहेको बताउनुहुँदै सत्ता समिकरणको बारेमा छलफल भएको भनी चलाइएको हल्ला निराधार रहेको बताउनुभयो । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका महासचिव समेत रहेका मन्त्री पौडेलले पार्टीका नेताहरु मर्यादा बाहिर जाँदा पार्टीको आन्तरिक जीवनमा समस्या उत्पन्न भएको र त्यसले कार्यकर्ताहरुलाई चिन्तित बनाएको बताउनुभयो ।