सांकेतिक तस्विर

मकवानपुर– मकवानपुर प्रहरीले गण्डकी प्रदेशसभा सदस्य (सांसद) दिपक मनाङ्गेकी श्रीमती दिक्छेनलाई मंगलबार पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरले मंगलबार उहाँलाई हेटौंडाबाट पक्राउ गरेकोे हो ।
प्रदेश सांसद दिपक मनाङ्की श्रीमतीलाई कास्की जिल्ला अदालतले पक्राउ अनुमति दिएसँगै प्रहरीले देशभर ब्यापक खोजी गर्दा हेटौंडाबाट पक्राउ परेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाले जानकारी दिनुभयो । लामो समयदेखि हेटौंडा उपमहानगरपालिका–१२ स्थित माइतीघरमा बस्दै आउनुभएकी उहाँलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले नियन्त्रणमा लिएको हो । चोरी मुद्धामा फरार भएकी सांसद मनाङ्गकीे श्रीमतीलाई हेटौंडाबाट पक्राउ गरेर कास्की जिल्ला अदालतमा उपस्थिति गराउन पठाइएको प्रहरी नायब उपरीक्षक रानाले बताउनुभयो ।