काठमाडौँ । देशभरि आज थप ३ सय १५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । ११ हजार ८ सय १० जनाको नमुना परीक्षण गर्दा ३ सय १५ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको २४ घण्टामा ३ सय ४ जना कोरोनामुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार कोरोनाबाट निको भएको दर ९७ दशमलव ८ प्रतिशत रहेको छ ।
आज कोरोनाबाट २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । देशभरि कोरोनाका ६ हजार ३ सय ५२ जना सक्रिय सङ्क्रमितले आइसोलेसनमा रहेर उपचार गरिरहेका छन् । आज कोरोना भाइरस विरुद्धको खोप लगाउनेको सङ्ख्या १ लाख २७ हजार ७ सय ५३ रहेको छ ।