सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठले कुनैपनि हालतमा वर्तमान सरकार परिवर्तन नहुने वताउनु भएको छ । विराटनगरमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाली जनताले पाँच वर्ष सम्म सरकार चलाउने म्यान्डेड दिएकाले आफनो अवधि पुरा नभएसम्म सरकार परिवर्तन नहुने वताउनुभयो ।
मुलुकको राजनीतिक स्थायित्व, विकास र सम्वृद्धिका लागि आफ्नो पार्टीलाई दुई तिहाई नजिकको जनताको समर्थन रहेकाले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकार पुर्ण अवधि सम्म चल्ने उहाँले बताउनुभयो । अर्को एक प्रश्नमा उहाँले नेपाल कम्युनिष्ट पार्टी नेकपा ठुलो पार्टी भएकाले पार्टीभित्र केही असहमति हुनु स्वाभाविकै भएकाले अहिले देखिएको विवादलाई कुशल व्यवस्थापन गर्न पार्टी नेतृत्व सक्षम रहेको बताउनुभयो ।