हेटौंडा– हेटौंडा उपमहानगरपालिका–५ स्थित सिद्धार्थ शिशु सदन विद्यालयको ४३ औं अभिभावक दिवस कार्यक्रम सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक निर्मल पराजुलीको सभाध्यक्षता तथा हेटौंडा उपमहनगरपालिकाका मेयर मिना कुमारी लामाको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज अर्याल, प्याव्सन केन्द्रीय सहकोषाध्यक्ष ग्रेस श्रेष्ठ, प्याव्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ, प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, अभिभावक व्यस्थापन समितिका सदस्य रन्जिता केसी लगायत विभिन्न व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।
अभिभावक दिवसको अवसरमा विद्यालयले कक्षागत पहिलो, दोस्रो र तेस्रो स्थानगर्ने विद्यार्थी, एसईइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु, विद्यालयले आयोजना गरेका खेलकुदका विजेताहरु, स्टुडेन्ट अफ द ईअर, डिसिप्लिन अफ द ईअर विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कक्षा १० सम्म पठनपाठन गरिने विद्यालयमा करिब एक हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।