हेटौंडाः ३ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकार सँधै श्रमजिवी पत्रकारको पक्षमा रहने बताउनुभएको छ । प्रदेश सञ्चार रजिष्ट्रार कार्यालयद्धरा आयोजित ञ्चार माध्यम व्यवस्थापन सूचना प्रणाली सिएमआईएस सफ्टवेयर सञ्चालन र आवेदन प्रक्रियाबारे छलफल कार्यक्रममा उहाँले आफु सधै श्रमजिवी पत्रकारको पक्षमा रहेको बताउनुभएको हो ।

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन गर्ने पक्षमा आफहरु रहेको भन्दै उहाँले श्रमजिवी पत्रकारको अहित हुने काम आफुबाट नहुने समेत बताउनुभयो । केन्द्रीय सूचना बिभागले प्रदेश सरकारलाई मिडियाहरुको अभिलेख नदिदा काम गर्न केही समस्या भएको भन्दै मन्त्री जम्कट्टेलले प्रदेशका मिडिया हाउसहरुले श्रमजिवी पत्रकारऐन लागू गर्नै पर्ने बताउनुभएको छ । उहाँले प्रदेशले प्रदान गर्ने प्रेस पास अहिले स्वतन्त्र पत्रकारहरुले मात्र प्राप्त गरेको समेत उहाँले बताउनुभएको छ ।
कार्यक्रममा प्रदेश रजिस्टार रेवती सापकोटाले पत्रकारको क्षमता वृद्धि गर्न र हकहितकालागि काम भईरहेको बताउनुभयो । उहाँले जेष्ठ पत्रकारहरुलाई पेन्सनको व्यवस्था, पत्रकारको क्षमता विकास तथा महिला पत्रकारको क्षमता अभिबृद्धि गर्ने विशेष कार्यक्रमहरु संचालन गर्ने तयारी रहेको जानकारी दिनुभयो । कार्यक्रममा प्रेस पासकालागि सिएमआईएस सफ्ट्वेयर संचालन तथा यसको प्रयोगका बारेमा जानकारी दिईएको थियो ।