सुनको मुल्य आज पाँच सय रुपैयाँले घटेको  छ । हिजो तोलामा ९२ हजार रुपैयाँ रहेको सुनको मुल्य आज ९१ हजार ५ सय रुपैयाँमा झरेको छ । अन्तर्राष्ट्रिय बजारमा आएको उतारचढावकै कारण मुल्य घटेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार अहिले अन्तर्राष्ट्रिय बजारमा सुनमा भन्दा शेयर बजारमा आकर्षण बढ्दो छ । यसले गर्दा सुनको मुल्य फेरि पनि घटबढ हुन सक्ने अनुमान छ । यसैबीच आज चाँदीको मुल्य पनि घटेको छ । चाँदीको मुल्य आज तोलामा आज १२ सय ६५ रुपैयाँ छ ।