मकवानपुर– बागमती प्रदेशले आफु मातहतका ८ वटा अस्पताल र आईसोलेशनहरुमा कोरोना संक्रमितहरुको निःशुल्क उपचार भइरहेको जनाएको छ । बागमती प्रदेश सरकारको मातहतमा रहेका मकवानपुरको हेटौंडा अस्पताल, सिन्धुलीको जिल्ला अस्पताल, रामेछापको जिल्ला अस्पताल, धादिङको जिल्ला अस्पताल, रसुवाको जिल्ला अस्पताल, भक्तपुरको जिल्ला अस्पताल, नुवाकोटको जिल्ला अस्पताल,सिन्धुपाल्चोकको जिल्ला अस्पताल र ती अस्पतालद्वारा संचालित आईसोलेशन र अन्य स्थानीय तह मार्फत सहकार्यमा संचालित थप १५ वटा आईसोलेशनमा कोरोना संक्रमितहरुको उपचार निशुल्क भइरहेको हो । साथै,प्रदेश सरकारद्वारा संचालित प्रयोगशालामा कोरोना परीक्षण समेत निःशुल्क भैरहेको बागमती प्रदेशको मुख्यमन्त्री डोरमणी पौडेलका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिनुभयो ।

बागमती प्रदेश मातहतका ८ वटा अस्पताल र त्यहाँबाट संचालित आईसोलेशनहरुमा कोरोना संक्रमितहरुको निशुल्क उपचार भइरहेको छ ।…

Gepostet von Prakash Dahal am Dienstag, 20. Oktober 2020