मकवानपुर–हेटौंडामा आगामि माघ २५ गते “हेटौंडा रन” (म्याराथुन) आयोजना हुने भएको छ । प्रदेश ३ उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालय र पर्वतिय खेलकुद महासंघको आयोजनामा खेलकुदको माध्यमबाट भ्रमण वर्ष २०२० लाई सफल पार्न सहयोग पुर्याउने उदेश्यका साथ प्रतियोगिता आयोजना गर्न लागिएको हो ।
आईतबार हेटौंडामा बसेको बैठकले प्रतियोगिता संचालन गर्न मुल आयोजक समिती तथा उपसमिती गठन समेत गरेको छ । समितिको संयोजकमा हेटौंडा उपमहानगरपालिकाकी उपमेयर एवम् पर्वतिय खेलकुद महासंघ प्रदेश ३ की संयोजक मिना कुमारी लामालाई चयन गरिएको छ । लामाको संयोजक्त्वमा १५ सदस्यिय समिती गठन गरिएको हो ।
त्यस्तै बैठकले प्रतियोगिता व्यवस्थापकमा प्रभाकर पाण्डे, अर्थ व्यवस्थापन समितिमा सफल अधिकारि, प्रचार–प्रसार व्यवस्थापनमा हरी हुमगाइ, मन्च व्यवस्थापनमा रामकृष्ण थापा, स्वंसेवक बेबस्थापनमा सानु लामा, स्वास्थ्य सेवा समितिमा बेली थापा, खाजा तथा पानी व्यवस्थापनमा कुमार केसी, जनपरिचालन तथा झाकी व्यवस्थापनमा धु्रब अधिकारी, अतिथी व्यवस्थापनमा प्रमोद सिङ रानाभाट, पुरस्कार व्यवस्थापनमा शम्भु नकर्मी, पोशाक व्यवस्थापनमा सुशिल घिमिरे, र यातायात व्यवस्थापनमा बिनोद सुबेदीलाई संयोजक चयन गरेको छ ।
त्यस्तै बैठकले प्रतियोगिताको प्रमुख सल्हाकारमा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलाललाई चयन गरेको छ । साथै हेटौंडा उपमहानगरपालिकाका मेयर हरीबोल महत, राष्ट्रिय खेलकुद परिषद प्रदेश नम्बर ३ सदस्य सचिब सुर्य भण्डारी, जिल्ला प्रहरी कार्यलय मकवानपुरका प्रहरी उपरिक्षक मुकेश कुमार सिंह, मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कटुवाल र जिल्ला खेल्कुद समितिका निर्वतमान अध्यक्ष माधब तिमल्सिनालाई पदेन सल्लाहाकारमा चयन गरेको छ ।