मकवानपुर– पुर्वी मकवानपुरको बागमति गाउँपालिकामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ । धरान चतरा सडक खण्ड अन्तर्गत बाग्मती गाउँपालिका–७ लाला भित्तिमा मोटरसाइकल दुर्घटनामा परी चालकको मृत्यु भएको हो ।
सोमबार राति झुरझुरेबाट फापरबारीतर्फ जाँदै गरेको बा ९९ प ३३३१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ पल्टिँदा मोटरसाइकल चालक बागमती गाउँपालिका ७ कै २३ बर्षीय अमर घलानको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ । उनको उपचारको क्रममा हेटौडा अस्पतालमा मुत्यु भएको प्रहरीले जनाएको छ ।