मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले उच्च शिक्षा अध्ययनमा रहेका हेटौंडा–८ का द्रिष्टी बिहीन एक युवालाई ल्यापटप सहयोग गरेको छ । हेटौंडा ५, स्थित बालज्योति माध्यमिक बिद्यालयमा रहेको द्रिष्टी बिहीनहरुको बिद्यालयबाट एसइइ परिक्षा उर्तिण गरेका हेटौंडा–८ का कृष्ण बस्नेतलाई सोमबार हेटौंडा उपमहानगरपालिकाले यापटप सहयोग गरेको हो ।
चितवनको झुवानी क्याम्पसमा कक्षा–११ मा अध्ययनरत बस्नेतको नियमित अध्यनमा सहयोग पु¥याउनका लागि उपमहानगरले डेलको आइ थ्रि लेपटप दिएको हो । आज एक कार्यक्रमकाबीच मेयर मिना कुमारी लामाले ल्यापटप हस्तान्तरण गर्नुभयो । ल्याप्टप हस्तान्तरण गर्दै मेयर लामाले द्रिष्टी बिहीन बस्नेतलाई आगामि शैक्षिक यात्राको शुभकामना दिँदै उपमहानगरले शैक्षिक सुधारसँगै गरिब र असहाय बिद्यार्थिहरुका लागि शैक्षिक सहयोगका कार्यक्रमहरु सञ्चालन गरिरहेको जानकारी दिनुभयो । अन्य पालिकहरुवाट पनि आफुसँग पढ्ने साथीहरुले इलोक्ट्रोनिक उपकरण पाएपछि आफुले ल्यापटप माग गरेको बस्नेतले बताउनुभयो । उहाँले उपमहानगरपालिकाले ल्यापटप दिएर सहयोग गरेकोमा धन्यवाद समेत दिनुभयो ।











