हेटौंडाः मकवानपुरको मनहरी गाउँपालिकामा भएको निशुल्क स्वास्थ्य शिविरमा १ हजार १ सय जनाको स्वास्थ्य परिक्षण गरिएको छ । मनहरी–८ स्थित महेन्द्र किरण माध्यमिक विद्यालयमा संचालन ३ दिने निशुल्क स्वास्थ्य शिविरमा १ हजार १ सय जनाको स्वास्थय परिक्षण गरिएको हो ।

कोरीयन फाउन्डेसन मकवानपुरद्धारा आयोजत निशुल्क स्वास्थ्य शिविरमा कोरीयन मेडिकल टिमले स्वास्थ्य परिक्षण गरेका थिए । महेन्द्र किरण माविलगायत गाउँपालिकाका १ हजार १ सय जनाको निशुल्क स्वास्थ्यय परिक्षण गरिएको गाउँपालिका अध्यक्ष एकराज उप्रेतीले जानकारी दिनुभएको छ । शिविरमा स्वास्थ्य परिक्षणसंगै बिरामिहरुलाई निशुल्क औषधि समेत वितरण गरिएको अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो । शिविरमा खटिएका कोरीयन टोलीलाई शिविरको समापनका अवसरमा गाउँपालिकाले आज प्रमाण पत्र सहित धन्यवाद ज्ञापन गरेको उहाँले जानकारी दिनुभयो ।