मकवानपुर– नेकपा मकवानपुरका युवा नेता तथा युवा संघ मकवानपुरका संयोजक सन्तोष चौलागाईलाई कोरोना संक्रमण पुष्टि भएको छ । केही समयदेखि ज्वरो तथा रुघा खोकीबाट ग्रसित भएका चौलागाईँको स्बाव परीक्षणका क्रममा संक्रमण पुष्टि भएको हो ।
जिल्ला युवा समिति अध्यक्ष समेत रहनुभएका चौलागाईको असोज ११ गते स्वाब सङ्कलन गरिएको र बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । एकसातादेखि घरमै आराम गरिरहनुभएका चौलागाईँले कोरोना संक्रमण पुष्टि भएपछि आफु घरमै सुरक्षित साथ बसेको बताउनुभएको छ । चौलागाईले स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिनुभएको छ ।