हेटौंडा– मकवानपुरमा बुधबार बिहान थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा गरीएको परिक्षणमा १४ महिला र २० पुरुष गरी ३४ जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जानकारी दिनुभयो ।
गत असोज ९ गते नयाँ स्वाब संकलन गरिएका मध्ये ३४ जनामा कोरोना पुष्टि भएको छ भने अन्य स्वाब परिक्षणको क्रममा रहेको चौलागाईले बताउनुभयो । कोरोना पुष्टि भएका मध्ये हेटौँडा उपमहानगरका ३२ जना थाहानगरका र बकैया गाउँपालिकाका १/१ जना रहेका छन् । यस्तै साेहि दिन ११० जनाकाे पुन परिक्षणका लागि स्वाब संकलन गरिएका मध्ये ६६ जनाकाे रिपाेर्ट नेगेटिभ आएको र ३४ जनाकाे रिपाेर्ट पुन पाेजेटिभ आएको चाैलागाइले बताउनुभयाे ।