मकवानपुर– मकवानपुरमा बोलेरो दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मकवानपुरको राक्सिराङ गाउँपालिका–३, मैनाटारमा आज बोलेरो दुर्घटनामा परि बोलेरोमा सवार तीन जनाको मृत्यु भएको हो ।
मनहरीबाट सरिखेत तर्फ जाँदै गरेको  ग. १ ज. ७१७५ नम्बरको बोलेरोको ब्रेक फेल भएर दुर्घटना हुँदा बोलेरोमा सवार २ जनाको घटनास्थलमै र एक जनाको चितवनको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवापनुरका प्रहरी प्रवक्ता इन्द्रबहादुर रानाले जानकारी दिनुभयो । दुर्घटनामा स्थानीय १३ बर्षीय रिजन तितुङ र ११ वर्षीय अनुप वाइवाको घटना स्थलमै र २७ बर्षीय सुजन शाहीको पुरानो मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको प्रहरी प्रवक्ता रानाले जानकारी दिनुभयो ।