file photo

अमेरिकास्थित द नेशनल एरोनोटिक्स एण्ड स्पेस एडमिनिस्ट्रेसन (नासा)को वेबसाइटको तथ्याङ्कअनुसार आज दिउँसो नेपालका विभिन्न १३० स्थानमा डढेलो लागिरहेको छ । मुलुकका विभिन्न स्थानमा लागेको वन डढेलोका कारण काठमाडौँ र पोखरा लगायतका देशका मुख्य सहरमा वायु प्रदूषण उच्च मापन गरिएको छ ।

‘एयर क्वालिटी इन्डेक्स’का अनुसार आज विश्वका प्रदूषित सहरको सूचीमा काठमाण्डौ दोस्रो प्रदूषित शहर बनेको छ । थाइल्यान्ड पहिलो नम्बरमा छ । प्रदूषण बढ्दा विशेष गरेर श्वासप्रश्वासको समस्या बढ्ने तथा आँखा र छालामा समस्या देखिने गरेको छ ।

वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) एक सयभन्दा माथि भएमा वायु अस्वस्थकर मानिएकोमा आज काठमाडौँमा एक्यूआई १ सय ६५ मापन भएको वातावरण अभियन्ता राजन थापाले बताउनुभयो ।

“वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) शून्यदेखि ५० सम्म स्वस्थ्यकर, ५१ देखि एक सयसम्म मध्यम, एक सयदेखि एक सय ५० सम्म अस्वस्थ्यकर र एक सय ५० देखि दुई सयसम्मलाई अति अस्वस्थ्यकर मानिएको छ ।