मकवानपुर– बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललले कीर्तिमानी आरोही आङरिता शेर्पाको निधनमा दुःख व्यक्त गर्दै उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । सामाजिक सञ्जाल फेसबुक मार्फत मुख्यमन्त्री पौडेलले उहाँप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नुभएको छ ।
“हिमचितुवाका नामले परिचित विश्वचर्चित तथा कृतिम अक्सिजनबिना १० पटकसम्म विश्वको सर्बोच्च सिखर सगरमाथा आरोहणको विश्वकीर्तिमान राख्न सफल पर्वतारोही आङरिता शेर्पाको दुःखद निधनको खबरले अत्यन्तै मर्माहित बनाएको छ । यस दुःखद घडीमा उहाँप्रति हार्दिक श्रद्धाञ्जली अपर्ण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु ।” मुख्यमन्त्री पौडेलले लेख्नुभएको छ ।

हिमचितुवाका नामले परिचित विश्वचर्चित तथा कृतिम अक्सिजनबिना १० पटकसम्म विश्वको सर्बोच्च सिखर सगरमाथा आरोहणको…

Gepostet von Dormani Paudel am Montag, 21. September 2020