मकवानपुर– मकवानपुरमा आइतबार (आज) थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हेटौंडा–१० स्थित कीटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र, प्रादेशिक प्रयोगशालामा गरीएको परिक्षणमा १४जनामा कोरोना पुष्टि भएको हेटौंडा उपमहानगरका जनस्वास्थ्य निरीक्षक भोला प्रसाद चौलागाईले जानकारी दिनुभयो ।
आइतबार साँझ प्राप्त रिपोर्ट अनुसार १० जना पुरुष र ४ जना महिलामा संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेका भीमफेदी गाउँपालिकाका ७ जना, राक्सीराङ गाउँपालिकाका २ जना, थाहानगरका ४ जना र हेटौंडा उपमहानगरका १ जना रहेका छन् ।