सांकेतिक तस्विर

हेटौंडा– कोरोना भाइरस संक्रमित हेटौंडा–४, हुप्रचौरका एक पुरुषको आज दिउँसो मृत्यु भएको छ । भदौ १६ गते कोरोना भाइरस संक्रमण पुष्टि भएका ६१ वर्षीया पुरुषको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रमममा आज दिउँसो मृत्यु भएको हो ।
रुघाखोकीको समस्या भएपछि भदौ १४ गते हेटौंडा अस्पतालमा उपचार गराउन जानुभएका उहाँको हेटौंडा अस्पतालबाट कोभिड परीक्षणका लागि रेफर गरिएपछि भदौ १५ गते स्वाब दिनुभएको थियो । १६ गते कोभिड संक्रमण पुष्टि भएर स्वासप्रश्वासमा समस्या भएपछि उपचारका लागि उहाँलाइ काठमाडौं लगिएको थियो । प्लाज्मा थेरापी विधीबाट समेत उपचार गराउँदा पनि स्वास्थ्यमा सुधार हुन नसकेको र आज दिउँसो निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।