मकवानपुर – जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालले सामुहिक प्रयासबाट मात्र समाजमा हुने विभिन्न प्रकारका विभेदको अन्तय गर्न सकिने बताउनुभएको छ । हेटौंडामा मंगलबार आयोजित प्रदेश स्तरीय फ्लोअप कार्यक्रममा बोल्दै उहाँले महिलाबिरुद्ध हुने विभेद अन्त्यका लागि सामुहिक प्रयास तथा आर्थिक–सामजिक रुपान्तर जरुरी रहेको बताउनुभएको हो ।

No description available.

वियोण्ड बेईजिङ कमिटी –बिबिसी) द्धारा महिलाबिरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धी अन्तराष्ट्रिय महासन्धिको छैठौं आवधिक प्रतिवेदनका सिफारीसको कार्यान्वयनको अवस्था बारे मंगलबार हेटौंडामा भएको प्रदेश तहको फ्लोअप कार्यक्रम भएको हो । उहाँले नेपालको संविधानले लैंगिक विभेदको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरेको भन्दै महिलाबिरुद्ध हुने विभेदको अन्तयका लागि सामुहिक प्रयासको खाँचो औल्याउनुभयो । उहाँले नेपाल विभिदतायुक्त देश भएकाले यस्ता समस्याहरु रहेको भन्दै गैरसरकारी संस्थाहरुले पनि समुदायलाई माथि उठाउन र महलिाहरुको आर्थिक सामाजिक रुपान्तरण गर्नमा र विभेदको अन्तय गर्नमा सरकारलाई साथ दिनुपर्ने बताउनुभयो ।

No description available.

युवा सेवा समाजका अध्यक्ष एवम् कार्यक्रमका संयोजक बुद्धशरण लामाको अध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशका विभिन्न ९ जिल्लाका प्रतिनिधिहरको सहभागिता थियो । कार्यक्रममा महिलाबिरुद्ध हुने सबै प्रकारका भेदभाव उन्मुलन गर्ने सम्बन्धी अन्तराष्ट्रिय महासन्धि, छैठौं आवधिक प्रतिवेदनमा महिला यौन तथा प्रजनन स्वास्थ्य तथा अधिकार सम्बन्धी सिफारीसहरु र छैठौं आवधिक प्रतिवेदनको विद्यमान नीतिगत तथा कार्यक्रमिक व्यवस्था, उदयमान मुद्धाहरु, चुनौति तथा आगामी कार्यदिशाका बारेमा बेनु माया गुरुङ, रेयुशा चालिसे र अनुज पिटर राईले प्रस्तुतिकरण गर्नुभएको थियो ।